बुधबार, असार ११, २०८२

‘सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता’

नेपालखोज २०८२ असार ११ गते १३:२८

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित आप्रवासनका लागि साझा प्रतिबद्धता व्यक्त गर्न आह्वान गरेका छन् ।

आज यहाँ आयोजित सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एसिया गल्फ कोअपरेसन कन्ट्री र एसिया (जिसिसी) संवादको उद्घाटन सत्रमा उनले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनको कार्यान्वयनमा सबै साझेदार राष्ट्रलाई सहयोग र सहकार्यका लागि आह्वान गरे ।

मन्त्री भण्डारीले अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन तथा सहभागिता जनाउने सबै प्रतिनिधिप्रति आभार व्यक्त गर्दै यस संवादले आप्रवासनसम्बन्धी साझा दृष्टिकोण, मानवीय गरिमा र मानवअधिकारका मूल्यलाई अघि बढाउन सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे ।

नेपालजस्ता श्रम आपूर्ति गर्ने मुलुकको दृष्टिकोण प्रस्तुत गर्दै श्रम पठाउने र श्रम आमन्त्रित गर्ने राष्ट्रबीचको आपसी बुझाइ बलियो बनाउन यस्ता संवाद अपरिहार्य रहेको उनको भनाइ थियो ।

मन्त्री भण्डारीले जीसीएमका २३ उद्देश्यलाई कार्यान्वयन गर्दै सबै राष्ट्रहरूलाई न्यूनतम मानव अधिकार सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिए ।

प्रतिक्रिया