अदालतमा माधव नेपालको बयान सकियो, सरकारी वकिल र कानुन व्यवसायीबीच बहस हुने

नेपालखोज २०८२ असार ११ गते १४:३८

काठमाडाैं । विशेष अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको बयान सकिएकाे छ । न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएकाे बयान सकिएकाे हाे ।

 अब केहीबेरमा सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीहरूबीच थुनछेक बहस हुने छ ।

मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बश्यालसहित सरकारी वकिलको टोलीले बहस गर्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

प्रतिक्रिया