बिहीबार, असार १२, २०८२

माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

नेपालखोज २०८२ असार १२ गते १२:१८

काठमाडाैं । सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका-७ बज्राह डेरा गरी बस्ने खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ घर भएका ३५ वर्षीय देवान राईको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।

सोही ठाउँस्थित खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया