सातामा तीन सय २५ वटा कम्पनीहरुको ३५ अर्ब १० करोडको शेयर किनबेच
अन्तत : २५ सय ९५ बिन्दुमा खुम्चियो शेयर बजार

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २५ सय ९५ दशमलव ७४ बिन्दुमा खुम्चिएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २१ अंकले घटेर चार सय ४३ दशमलव ९० बिन्दुमा खुम्चिएको छ । यो साता तीन सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् ।
जसबाट तीन लाख ५६ हजार नौं सय ५१ पटकको कारोबारमा आठ करोड ६३ लाख ६२ हजार चार सय ६४ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३५ अर्ब १० करोड आठ लाख ८० हजार छ सय ८९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा १७ अर्ब रुपैंयाँले कम हो ।
गत साता तीन सय १८ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार चार लाख ७० हजार छ सय ५० पटकको कारोबारमा १२ करोड ८२ लाख ९४ हजार आठ सय ५९ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ५२ अर्ब ६० करोड आठ लाख ४४ हजार पाँच सय ३३ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । सो मध्ये दोस्रो दिन उकालो लागेको नेप्से बाँकी दिनहरुमा भने लगातार ओरालो लागेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक ३२ दशमलव ९३ अंकले ओरालो लागेर २५ सय ९५ दशमलव ९७ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३८ अंकले ओरालो लागेर चार सय ४४ दशमलव १० बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसुचक चार दशमलव ७९ अंकले उकालो लागेर २६ सय दशमलव ७६ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९७ अंकले उकालो लागेर चार सय ४५ दशमलव साता बिन्दुमा चढेको थियो ।
तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक शुन्य दशमलव २२ अंकले ओरालो लागेर २६ सय दशमलव ५३ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १० अंकले उकालो लागेर चार सय ४५ दशमलव १७ बिन्दुमा चढेको थियो । चौंथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक शुन्य दशमलव ३३ अंकले ओरालो लागेर २६ सय दशमलव २० बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य पाँच अंकले ओरालो लागेर चार सय ४५ दशमलव ११ बिन्दुमा झरेको थियो ।
पाँचौं कारोबार दिन बिहिबार पनि नेप्से परिसुचक चार दशमलव ४५ अंकले ओरालो लागेर २५ सय ९५ दशमलव ७४ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २१ अंकले घटेर चार सय ४३ दशमलव ९०ं बिन्दुमा कायम रहेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा राधी जलबिद्युत कम्पनी, बुटवल पावर कम्पनी आदि परेका छन् भने कारोवार भएको शेयर संख्याको आधारमा सानिमाई हाईड्रोपावर कम्पनी लिमिटेड, राधी जलबिद्युत कम्पनी लिमिटेड अगाडि परेका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३१० ८७३०२ २१५४७०५५ ९१४५८५८५१०.४४
दोस्रो दिन ३२५ ७०८३१ १७५८७०३६ ६४७१९५२६७८.००
तेस्रो दिन ३१६ ६२७५५ १३८१८५५९ ५७६७८९५००१.१५
चौंथो दिन ३११ ६१८२४ १३७५९६०४ ५९४२८५२२५६.२१
पाँचौं दिन ३०६ ७४२३९ १९६५०२१० ७७८०२४२२४३.४२
कुल ३२५ ३५६९५१ ८६३६२४६४ ३५१०८८००६८९.२२
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)
प्रतिक्रिया