शुक्रबार, असार १३, २०८२

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल

नेपालखोज २०८२ असार १३ गते १९:१८

काठमाडाैं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उजुरीकर्तासँग छलफल गरेको हो । यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । उनीहरुबिरुद्ध समितिमा पाँच वटा उजुरी परेको थियो ।

शुक्रबार उजुरीकर्तासंगको छलफलपछि अव आइतबार प्रस्तावित तीन न्यायाधीशको संसदीय सुनुवाई हुने सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिए । त्यस्तै न्यायपरिषद् सदस्यमा सिफारिस महेश कुमार नेपालको संसदीय सुनुवाई पनि आइतबार नै हुने उहाले बताउनुभयो । नेपालबिरुद्ध भने कुनै पनि उजुरी परेको छैन ।

प्रतिक्रिया