शुक्रबार, असार १३, २०८२

एसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

नेपालखोज २०८२ असार १३ गते १९:४८

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएकाे छ । शुक्रबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिक गरेका छन् । शर्माका अनुसार, यस वर्ष ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

यस्तै, ८९ हजार १ सय २४ जनाले २.८ देखि ३.२ जिपिए ल्याएका छन् भने २.४ देखि २.८ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४८ हजार ४ सय ७९ रहेको बोर्डले जनाएकाे छ ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

एसईई-२०८१ को नतिजासम्बन्धी विवरण SMS, IVR, तथा WEBSITE बाट प्रकाशन हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया