शनिबार, असार १४, २०८२

भीरबाट लडेर महिलाको मृत्यु

नेपालखोज २०८२ असार १४ गते ६:००

बैतडी । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो । घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो ।

धामीका श्रीमान, एक छोरा र एक छोरी छिन् । -रासस

प्रतिक्रिया