दुईवटा समितिको बैठक बस्दै
नेपालखोज
२०८२ असार १४ गते ८:४६

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्न लागेको विधायन व्यवस्थापन समितिको बैठकमा ‘भन्सार विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, दिउसो १ बजे बस्न लागेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया