प्रतिनिधिसभा : प्रतिपक्षी दुई दलको विरोध
नेपालखोज
२०८२ असार १४ गते १२:२६

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बैठक सुरु हुनासाथ आ–आफ्नो स्थानमा उभिएर बिरोध जनाएका छन् ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ बैठकको सुरुमै रास्वपाका सांसदहरुले उठेर बिरोध जनाएका हुन् ।
त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्कीलाई आफ्नो कुरा राख्न समय उपलब्ध गराएका हुन् । सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा छानविन हुनुपर्ने माग गरे ।
राप्रपा सांसद रोशन कार्कीले पनि भिजिट भिसाका सम्बन्धमा आएका विषयमा छानिबिनको माग गरे । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सुरु भएपछि दुवै दलका सांसदहरु बैठक छाडेर बाहिररहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया