नेपाल एसबिआई मर्चेण्ट प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लि. यही असार १३ गते बसेको सञ्चालक समितिको ७१ औँ बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको पदमा सन्तोष कुमार भण्डारी नियुक्त भएका छन् ।
यसअघि निज सन्तोष कुमार भण्डारीले नेपाल एसबिआई बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । बैकिङ तथा वित्तीय क्षेत्रमा १६ बर्ष भन्दा बढीको कार्य अनुभव सँगाल्नु भएका निज भण्डारी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुन ।
नेपाल एसबिआई बैंकको पुर्ण स्वामित्व रहेको सहायक कम्पनीकोरूपमा स्थापित यस नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको चुक्ता पूँजी २० करोड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया