आइतबार, असार १५, २०८२

राष्ट्र बैंकद्धारा तीन वटा बिभाग स्थानान्तरण

नेपालखोज २०८२ असार १५ गते १६:११

काठमाडौं । नेपाल राष्ट्र बेंकले तीन वटा विभाग तथा महाशाखा स्थानान्तरण गरेको छ ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकको दरवारमार्ग स्थित भवनबाट सञ्चालन हुदै आएका बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनमा यही असार १५ गते आईतबारदेखि स्थानान्तरण गरिएको हो ।

राष्ट्र बैंकका अनुसार यि विभाग तथा महाशाखाबाट प्रदान हुने सम्पूर्ण सेवा राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनबाट सञ्चालन हुने छ ।

प्रतिक्रिया