आइतबार, असार १५, २०८२

गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर अर्थमन्त्री पौडेलसमक्ष चेम्बरको ध्यानाकर्षण

नेपालखोज २०८२ असार १५ गते १७:०८

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विलासिता र भ्याटमा लगाइएको करमा पुनरावलोकन गर्न नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ ।

सुनमा प्रस्ताव गरिएको २ प्रतिशत विलासिता कर र हिरा लगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) अव्यवहारिक र उपभोक्तामा समेत गम्भिर असर गर्ने भएकाले पुनरावलोकन गर्न चेम्बरले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो ।

चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले सिंहदरवारमा अर्थमन्त्री पौडेलसमक्ष बजेटमा उल्लेखित विलासिता कर र भ्याट पुनरावलोकनको व्यवस्था वर्तमान आर्थिक अवस्थाको प्रतिकुल हुने बताएको छ ।

सरकारको कर नीतिले नीतिले सुन चा“दी तथा रत्न आभूषणको व्यवसाय नै संचालन गर्न नसकिने र र यो क्षेत्रमा लाखौं जनशक्तिले रोजगारी समेत गुमाउने अवस्था आएकाले सरकारको निर्णय पुनरावलोकन गर्न अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

चेम्बर पदाधिकारीहरुसंगको भेटका क्रममा अर्थमन्त्री पौडेलले चेम्बर अफ कमर्सले दिएको सुझावलाई आफूले गम्भिरताका साथ लिने प्रतिवद्धता जनाए । उनले सरोकारवाला निकायसंग छलफल गरेर समस्या समाधान गर्ने बताए ।

प्रतिक्रिया