सोमबार, असार १६, २०८२

नेपाल इन्जिनियरिङ कलेज र सोनाबीच समझदारी

नेपालखोज २०८२ असार १६ गते २०:०१

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपालेली वास्तुविद् समाज (सोना) बीच शैक्षिक तथा व्यवसायिक गतिविधि सञ्चालन गर्नका लागि शैक्षिक समझदारी कायम भएको छ ।

नेक र सोना विचको शैक्षिक साझेदारीले नेकमा शैक्षिक तथा व्यावसायिक गतिविधिहरूलाई थप समृद्ध बनाउने अपेक्षा गरिएको छ ।

समझदारी पत्रका कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी तथा सोनाका अध्यक्ष इश्वर लाल जोशीले हस्ताक्षर गर्नु भएको छ ।

समझदारी अनुसार कलेजमा अनुसन्धान, वर्कशप, सेमिनार र विद्यार्थी संलग्नता कार्यक्रमहरूमा सहकार्यको ढोका खोल्ने कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए ।

समझदारीमा इन्जिनियरिङ र वास्तुकलामा नविनता प्रवद्र्धन गरिने, सीप विकास कार्यक्रम, दिगो र व्यवहारिक डिजाइनको प्रवद्र्धन गरिने, उद्योग र शिक्षाक्षेत्र बीचको सम्बन्ध मजबुत पार्ने तथा र विद्यार्थीको सिकाइका लागि विज्ञ वक्ताहरू विच अन्तरकृया, गोष्टीहरू सञ्चालन गरिने उल्लेख छ ।

यो समझदारी पत्रले नेपालमा इन्जिनियरिङ र वास्तुकला शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने दिशामा एउटा महत्वपूर्ण कदम चालेको बताइएको छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाकारूपमा सञ्चालित कलेजले इन्जिनियरिङ र वास्तुकलाका विद्यार्थीहरूको सिकाइका लागि विभिन्न शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया