एसीसी यू-१६ : नेपालद्वारा भुटान २९८ रनले पराजित
नेपालखोज
२०८२ असार १७ गते १४:०७

काठमाडौं । लगातार चौथो जीतसँगै नेपाली टोली समूह विजेताका रूपमा मलेसियामा जारी एसीसी पुरुष यू-१६ इष्ट जोन कप-२०२५ प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले मंगलबार खेलेको आफ्नो चौथो खेलमा भुटानलाई २९८ रनको सजिलो जीत हासिल गर्यो ।
नेपाली टोली समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो । नेपालले चार खेलबाट अंक बटुल्यो । सिंगापुर भने सोही समूहको उपविजेताका रूपमा सेमिफाइनलमा पुग्यो । सिंगापुरले चारमध्ये तीन खेलमा जीत हात पार्दै ६ अंक बटुल्यो ।
जापान, इन्डोनेसिया र भुटान भने समूहगत चरणबाट घर फर्किए । नेपाली टोलीले प्रतियोगिताको सेमिफाइनलमा आयोजक राष्ट्र मलेसियाको सामना गर्नेछ । सिंगापुरले भने सेमिफाइनलमा हङ्कङसँग भिडन्त गर्नेछ । दुवै सेमिफाइनल खेल बिहीबार खेलिने छ ।
सम्बन्धित
प्रतिक्रिया