बिहीबार, असार १९, २०८२

पोर्चुगलका पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता

नेपालखोज २०८२ असार १९ गते २०:४२

लिस्बन । पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि स्थानीय सञ्चारमाध्यमले यसअघि नै ‘शताब्दीको सुनुवाइ’ को संज्ञा दिइसकिएको लामो समयदेखि भ्रष्टाचारको अभियोगमा चलाउन खोजिएको मुद्दा बिहीबार दर्ता गरिएको छ ।

सन् २००५ देखि २०११ सम्म देशको नेतृत्व गरेका सुक्रेट्समाथि प्रधानमन्त्री हुँदा तीन करोड ४० लाख युरो ९चार करोड अमेरिकी डलर० भन्दा बढी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।

अभियोजकहरूका अनुसार अन्य १८ जनासँग मुद्दा चलाई रहनुभएका पूर्वनेताले बाल्यकालका साथीलाई देशको सबैभन्दा ठूलो बैंक र दक्षिणमा रहेको पर्यटन परिसरको एक भवन समूहसँग सम्बन्धित योजनामा प्रयोगे प्रयोग गरेको आरोप छ ।

गत वर्ष प्रधानमन्त्री एन्टोनियो कोस्टाले आफ्ना एक मन्त्रीलाई दोषी ठहर गर्दै प्रभाव पार्ने अनुसन्धानमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । उनको राजिनामापछि देशले मध्यावधि निर्वाचनको सामना गरेका थिए । -रासस/एएफपी

प्रतिक्रिया