शुक्रबार, असार २०, २०८२

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

नेपालखोज २०८२ असार २० गते ९:४८

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त छन् । काष्ठकलाका सामग्री बनाउने कार्य उनले तालिम लिएर सिकेका भने होइन । मोबाइलमा युट्युबमा राखिएका भिडियो हेर्दै काष्ठकलासम्बन्धीका सामग्री निर्माण गर्ने सीप सिकेका हुन् ।

आठ कक्षामै पढ्दै गरेका बेला १७ वर्षको उमेरमै विद्यालय छाडेपछि काठको काममा उनी संलग्न भए । गाउँकै काठका फर्निचर बनाउने व्यक्तिसँग मजदुरका काम थालेका उनले एक–दुई वर्षमै हाउस डेकोरेसनको कार्य सिके ।

हाउस डेकोरेसनको कार्यमा कहिले काम पाइन्थो, कहिले पाइँदैनथ्यो उनले भने, गतिलो कमाई नहुँदा त्यो कार्य छाडने निधो गरेँ, मोबाइलमा काष्ठकलासम्बन्धीका युट्युबमा भिडियो हेर्ने र नयाँ कुरा सिक्ने उत्सुकता थियो, युट्युब हेर्दै काष्ठकलासम्बन्धीका कार्य गर्न थालेँ । कमाई हुने हाउस डेकोरेसनको कार्य छाडेर मोबाइल हेरेर के पो गर्न थाल्यो भनेर घरकाले नै नानाथरि कुरा सुनाउन थाले । बुबाले नै बहुलाउन थालिस कि क्या हो, बर्बाद हुने भयो भनेको कुरा उनी स्मरण गरे ।

आफन्तबाटै रकम सापटी लिएर काठ खरिद गरी काष्ठकलाका कार्यहरू उनले सिक्न थाले । युट्युबमा काष्ठकालाका कार्य गरेर गतिलो आम्दानी भएको उनी सुन्नु र हेर्न्थ्य, त्यही हेरेर उनले सामग्री निर्माण गर्न सिकेका थिए तर व्यवसायलाई अगाडि बढाउने आवश्यक पुँजी भने उनीसँग थिएन ।

आफन्तसँग लिएको सापटी रकम विजयसालको काठ खरिद गर्नमै सिद्धिएको थियो । व्यवसायलाई अगाडि बढाउन मेसिन खरिदसँगै आवश्यक औजार खरिद गर्ने पैसा थिएन । जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सम्पर्कमा पुगे । महराले काष्ठकलाका सामग्री बनाउने सीप भएको तर पुँजी नभएको कुरा सहकारीका पदाधिकारीलाई सुनाए ।

युट्युब हेरेर बनाएका काठका सामग्री झोलामै बोकेको थिए, उनले भने, बनाएका सामग्री सहकारीका पदाधिकारीलाई सामग्री देखाँदा सहकारीका पदाधिकारी निकै प्रभावित भए । युवा स्वरोजगार कोषको दुई लाख ५० हजार पाँच प्रतिशत ब्याज तिर्नेगरी कर्जा उनले प्राप्त गरे । प्राप्त कर्जाको रकमबाट काष्ठकलाका सामग्री बनाउन औजार (आवश्यक टुल) र मेसिनको आवश्यकता थियो, त्यो खरिद गरेँ र बाँकी रकमबाट सामुदायिक वनबाट काठ खरिद गरेँ, त्यस पछि काष्ठकलाका सामग्री बनाउने र बेच्ने कार्यमा निरन्तर लाग्दै आएँ उनले भने ।

प्रतिक्रिया