सातामा ३९ अर्ब ९३ करोड रुपैयाँको शेयर किनबेच

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २७ सय तीन दशमलव ९६ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६४ दशमलव ४६ बिन्दुुमा कायम भएको छ ।
यो साता तीन सय २९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् ।
जसअनुुसार तीन लाख ९४ हजार २१६ पटकको कारोबारमा १० करोड १७ लाख ३८ हजार तीन सय ७५ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ३९ अर्ब ९३ करोड २३ लाख ८७ हजार ४७२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा चार अर्ब रुपैयाँले बढी हो ।
गत साता तीन सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएको थियो । जसअनुुसार तीन लाख ५६ हजार ९५१ पटकको कारोबारमा आठ करोड ६३ लाख ६२ हजार चार सय ६४ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ३५ अर्ब १० करोड आठ लाख ८० हजार ६८९ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । सो मध्ये पहिलो कारोबार दिन देखि नै बढ्न थालेको नेप्से पाँच कार्य दिनसम्म नैं लगातार बढेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक २६ दशमलव ५३ अंकले उकालो लागेर २६ सय २२ दशमलव २८ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७० अंकले उकालो लागेर ४४८ दशमलव ६० बिन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसुचक ९ दशमलव १९ अंकले उकालो लागेर २६ सय ३१ दशमलव ४८ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव ९५ अंकले उकालो लागेर चार सय ५० दशमलव ५६ बिन्दुमा चढेको थियो ।
तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक २८ दशमलव ९१ अंकले उकालो लागेर २६ सय ६० दशमलव ३९ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १९ अंकले उकालो लागेर चार सय ५६ दशमलव ७५ बिन्दुमा चढेको थियो । चौंथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक ३४ दशमलव ४२ अंकले उकालो लागेर २६ सय ९४ दशमलव ८२ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५२ अंकले उकालो लागेर चार सय ६२ दशमलव २७ बिन्दुमा चढेको थियो ।
पाँचौं कारोबार दिन बिहिबार पनि नेप्से परिसुचक नौं दशमलव १४ अंकले उकालो लागेर २७ सय तीन दशमलव ९६ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २९ अंकले उकालो लागेर चार सय ६४ दशमलव ४६ बिन्दुमा कायम रहेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा बुटवल पावर कम्पनी, राधी जलबिद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडपरेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा सानिमाई हाईड्रोपावर कम्पनी लिमिटेड, राधी जलबिद्युत कम्पनी लिमिटेड अगाडि देखिएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
प्रतिक्रिया