लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका-८ भादाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१० मिलिग्राम सहित सोही नगरपालिका-६ बंगलामुखी टोल बस्ने २२ वर्षीय किशोर बुढाथोकीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट लागूऔषध गाँजा ७ किलोग्रामसहित पाख्रिवास नगरपालिका-८ बस्ने ४६ वर्षीय भिम बहादुर राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले तेह्रथुमबाट झापातर्फ जाँदै गरेको ना.४ ख ६३१८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-७ मनेहराबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय शिव राज रानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया