शनिबार, असार २१, २०८२

एसीसी मेन्स यू–१६ इस्ट जोन कप : टस हारेर बलिङ गर्दै नेपाल

नेपालखोज २०८२ असार २१ गते ८:०६

काठमाडौँ । एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेकाे छ । उपाधिका लागि नेपाल र सिंगापुर भिडिरहेका छन् ।

मलेसियालाई हराउँदै नेपाल फाइनल पुगेको थियो । सिंगापुरले सेमिफाइनलमा हङकङलाई हराएको थियो । नेपाल र सिंगापुर एकै समूहमा थिए। समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो ।

गत संस्करणको फाइनलमा मलेसियालाई २२१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया