राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिदैन् : भट्टराई
नेपालखोज
२०८२ असार २१ गते १७:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् ।
चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले अहिले मुलुकको राजनीति बिकृत भइसकेको भन्दै राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका हुन् ।
उनले फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफुहरु रहेको बताए । राजनीति सुधार भएपछि ऐन कानुन र संविधानमा सुधार गर्न सकिने उहाले बताए ।
भट्टराईले शिक्षा क्षेत्रबाट निजि क्षेत्रलाई अलग्गाउन नसकिने उल्लेख गर्दै निजि क्षेत्रसंग मिलेर शिक्षा क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बिभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया