शनिबार, असार २१, २०८२

उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

नेपालखोज २०८२ असार २१ गते २१:१९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गरेको भन्दै नेपाली यू-१६ राष्ट्रिय टोलीलाई बधाई ज्ञापन गरे ।

‘एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गर्न सफल नेपाली यू-१६ राष्ट्रिय टोलीलाई हार्दिक बधाई १ यस गौरवमय सफलताका लागि प्रशिक्षक, व्यवस्थापन समूहलगायत सबैलाई धन्यवाद’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।

आज मलेसियामा भएको फाइनल प्रतियोगितामा नेपाली टोलीले सिङ्गापुरको टोलीलाई पराजित गरेको हो ।

प्रतिक्रिया