होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तानसेन (पाल्पा) । यहाँको स्थानीय सरकारले घरबास ९होमस्टे०लाई प्रोत्साहन गर्दै आएको छ । होमस्टेमार्फत नागरिकलाई आर्थिक रूपमा सक्षम बनाई समृद्धि हासिल गर्ने योजनासहित यहाँको तिनाउ गाउँपालिकाले होमस्टेलाई प्रोत्साहन गर्दै आएको हो ।
होमस्टे तालिम लिन चाहनेलाई तालिम दिने, सीप लिइसकेकालाई होमस्टे सञ्चालनका लागि आवश्यक बीउ तथा पुँजी उपलब्ध गराउँदै आइएको पालिका कार्यालयले जनाएको छ । महिला होमस्टेतर्फ रुचि राख्न थालेपछि गाउँपालिकाले ज्ञान, सीप प्रदान गर्न तालिम दिँदै आएको हो ।
महिलालाई थप उत्साह, ज्ञान सीप प्रदान गर्न पाल्पा विकास केन्द्र, सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा तालिम दिइएको पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले उल्लेख गरे । उनका अनुसार यहाँका छ वटै वडामा होमस्टेमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, गाउँगाउँमा आर्यआर्जन बढाउने, महिलाको उद्यमशीलता बढाउने र महिलालाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले तालिम दिइएको हो ।
गाउँपालिकालाई पर्यटन तथा कृषिका माध्यमबाट समृद्ध बनाउने, महिलाको आयआर्जन बढाउने काममा समुदायस्तरमा जस्तोसुकै सहयोग गर्न पालिका तयार रहेको उहाँको भनाइ छ । तालिम लिइसकेकालाई पालिकाले बीउ तथा पुँजी वितरण गरेको छ ।
लोकल कुखुरापालन तालिममा सहभागी ३० जनालाई नौ वटाका दरले लोकल कुखुरा, बङ्गुरपालनमा सहभागी २८ जनालाई एकरएक वटा बङ्गुरको बच्चा, बाख्रापालनमा सहभागीलाई एकरएक वटा बाख्रा, तरकारी खेतीमा सहभागीलाई दुईरदुई वटा टनेल, सिँचाइका लागि दुईरदुई वटा प्लाष्टिक ड्रम, पाइप स्प्रिङकल, मौरीपालनमा सहभागीलाई एकरएक वटा आधुनिक मौरी घारलगायत समान गाउँपालिकाले वितरण गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पाहुना राख्नका लागि जन्तीलङमा सात, मरामकोटमा दुई वटा पाहुनाघर निर्माण भएका छन् । गाउँपालिकाले होमस्टेमा चाहिने महका लागि मौरी, मासुका लागि कुखुरा बाख्रा, बङ्गुर, तरकारीका लागि मौसमी बेमौसमी तरकारीखेती प्रवर्द्धनका साथै स्थानीयलाई तालिम प्रदान गरेको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार हाल मरामकोटमा पाँच घर र जन्तीलुङ्गमा १२ घरमा होमस्टे सञ्चालन भइरहेका छन् । गाउँमै बसेर पर्यटन व्यवसायका माध्यमबाट आयस्रोत बढाउन होमस्टे व्यवसायलाई प्रवर्द्धन गर्दै बीउ तथा पुँजीसहितको तालिम सञ्चालन गरिएको उनले बताए ।
पालिकाका उपाध्यक्ष लालबहादुर थापाले मरामकोट र जन्तीलुङ्ग प्रशस्त सम्भावना बोकेको स्थान भएकाले महिनामा प्रतिपरिवारबाट लाखौँ रुपैयाँ कमाउन सकिने स्थिति देखेर पालिकाबीच साझेदारी गरी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जन्तीलुङ्ग मरामकोट प्राकृतिक रूपमा सुन्दर ठाउँ रहेकाले हिमालदेखि तराईसम्मका दृश्य एकैस्थान हेर्न सकिने बताउँदै प्राकृतिक सुन्दरतामा रमाउन पर्यटकको आकर्षण बढ्दै गएको उल्लेख गरे । उनले पर्यटनका माध्यमबाट स्थानीयस्तरमा रोजगारी र आम्दानी बढाउन पालिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।
यहाँको वडा नंं ६ मस्याम, वडा नंं ५ मरामकोट, वडा नंं ४ को सत्यवतीमा होमस्टेको सुरुआत भएको छ भने वडा नंं १ कचल, वडा नंं २ दोभान, वडा नंं ३ झुम्साका विभिन्न भागमा होमस्टे सञ्चालनको तयारीमा महिला जुटेका अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।
यहाँ अहिले केही स्थानीयले होमस्टे कार्यक्रम सञ्चालन गरी पाहुनालाई राख्दै आएका छन् । जन्तीलुङ्ग सामुदायिक होमस्टेमा प्रतिव्यक्ति एक हजार २०० रुपैयाँमा स्वागत, साँझको खाजा, खाना, लोकल कुखुराको मासु र बिहानको खाजाको ‘प्याकेज’ रहेको छ । प्राकृतिक रूपमा सुन्दर रहेको जन्तीलुङ्ग र मरामकोटबाट हिमालदेखि तराईसम्मका दृश्यावलोकन गर्न सकिन्छ । -रासस
प्रतिक्रिया