सरकार गम्भीर नभएको भन्दै आकस्मिक बाहेकका उपचार सेवा बन्द गरेर प्रदर्शनमा उत्रिए

नेपालखोज २०८२ असार २४ गते १३:२१

काठमाडाैं । नेपाल चिकित्सक संघले आफ्ना मागका बारेमा सरकार गम्भीर नभएको भन्दै मंगलबार आकस्मिक बाहेकका उपचार सेवा बन्द गरेर प्रदर्शनमा उत्रिएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २ मा विभिन्न सेवाहरुको परिभाषा गर्ने क्रममा स्वास्थ्य र चिकित्सकीय सेवाका साथै अन्य सेवालाई पनि समावेश गरिएकोमा त्यसलाई संशोधन गर्नुपर्ने संघको माग रहेको छ । देशभरका अस्पतालमा आकस्मिक बाहेकका उपचार सेवा बन्द हुदा विरामीलाई समस्या भएको छ ।

माइतिघरमा प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिल ऐन २०२० मा निर्दिष्ट प्रावधान अनुसार नेपालमा चिकित्सकीय अभ्यासलाई नियमन गर्ने स्पष्ट क्षेत्राधिकार काउन्सिलको रहेको उल्लेख गरेका छन् ।

संघका अध्यक्ष डा अनिल बिक्रम कार्कीले काउन्सिलको क्षेत्राधिकारको बिषयमा अदालतले हस्तक्षेप गर्दा चिकित्सकहरु काममा फर्कने अवस्था नरहेको बताए ।

प्रतिक्रिया