प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक रसुवा जाँदै

नेपालखोज २०८२ असार २४ गते १४:४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक बाढी प्रभावित क्षेत्र रसुवा जाँदै छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली मंगलबार दिउँसो बाढी प्रभावित क्षेत्रमा जान लागेका हुन् ।

उक्त टोलीमा अर्थमन्त्री विष्णु पौडेल, तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ । नेपाल-चीन सीमा क्षेत्रमा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीबाट जनधनको ठूलो क्षति भएको छ ।

प्रतिक्रिया