शेयर बजारमा झिनो अंकले गिरावट, कारोबार रकम ६ अर्ब ५७ करोडमा खुम्चियो

काठमाडौं । शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने शुन्य दशमलव १४ अंकले घटेर २६ सय ८३ दशमलव ८६ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय चार वटा कम्पनीको ५६ हजार २७६ पटकको कारोबारमा एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा छ वटा समूहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव २० अंकले घटेर १३ सय ८८ दशमलव चार अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि शुन्य दशमलव ७१ अंकले घटेर १३ हजार २१८ दशमलव १९ अंकमा झरेको छ ।
निर्जीवन बिमा समूहको सूचक पनि ४७ दशमलव ४४ अंकले घटेर १२ हजार पाँच सय १८ दशमलव २६ अंकमा झरेकोमा होटेल तथा पर्यटन, सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः शुन्य दशमलव ८९, शुन्य दशमलव शुन्य एक र १८ दशमलव ५१ अंकले घटेका छन् ।
जलबिद्युत समूहको सूचक पनि २० दशमलव ८४ अंकले बढेर ३५ सय ५२ दशमलव ६५ अंकमा चढेकोमा लगानी, उत्पादनमुलक र लघुवित्त समूहको सचूक पनि शुन्य दशमलव शुन्य नौं, २६ दशमलव २८, तीन दशमलव ७७ र १६ दशमलव ११ अंकले बढेकाछन् ।








प्रतिक्रिया