एक थान एयर पेस्तोलसहित झापामा भारतीय नागरिक पक्राउ
नेपालखोज
२०८२ असार २५ गते १०:५३

काठमाडाैं । झापाको मेचीनगर नगरपालिका-६ बाट एक जना भारतीय नागरिक पक्राउ परेकाे छ । पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल एक थान एयर पेस्तोलसहित पक्राउ परेका हुन् ।
मंगलबार बिहान पौने ९ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची भन्सार कार्यालयको परिसरभित्र सवारी साधन तथा यात्रुहरूको चेकजाँच गर्ने क्रममा अग्रवालले चलाएको डब्लूबी ७४ एजे ०४०० नम्बरको स्कुटरको डिकीभित्र लुकाइछिपाइ राखेको अवस्थामा हतियार फेला परेको थियो । प्रहरीले एयर पेस्तोल १ थान, उक्त पेस्तोलमा लाग्ने मेटल बुलेट १८ राउण्ड र ४ थान मोबाइल बरामद गरेको हो।
अवैध हतियारसहित पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया