हुथी विद्रोहीहरूले एक कार्गो जहाजमाथि आक्रमण गरेर लाल सागरमा डुबाए

नेपालखोज २०८२ असार २६ गते १०:२८

काठमाडौं । यमनका हुथी विद्रोहीहरूले एक कार्गो जहाजमाथि आक्रमण गरेर लाल सागरमा डुबाएका छन् । जहाजका ६ जना चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ भने कम्तिमा तीन जनाको मृत्यु भएको युरोपेली नौसेना मिसनले रिपोर्ट गरेको छ ।

युके मेरिटाइम ट्रेड अपरेशन्स (युकेएमटीओ) एजेन्सीका अनुसार, ‘इटर्निटी सी’ नामक लाइबेरियाली झण्डा भएको जहाजमा २५ जना चालक दलका सदस्यहरू थिए ।

सोमबार सानो डुङ्गाबाट प्रहार गरिएको रकेट(प्रोपेल्ड ग्रेनेड (आरपीजी) आक्रमणमा जहाज गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो र यसले सञ्चालन शक्ति गुमाएको थियो ।

इरान(समर्थित हुथी विद्रोहीहरूले इजरायल जाँदै गरेको कारणले ‘इटर्निटी सी’मा आक्रमण गरेको रिपोर्टमा उल्लेख छ । उनीहरूले धेरै चालक दलका सदस्यहरूलाई पनि बन्धक बनाएका छन् ।

प्रतिक्रिया