२५ अंकले बढ्दा ९ अर्ब ६८ करोडको शेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेर रोकिएको छ । नेप्से आज पनि २५ दशमलव ८९ अंकले बढेर २७ सय ३१ दशमलव ८० अंकमा पुगेको छ ।
नेप्सेमा आज ३१२ वटा कम्पनीहरुको ८८ हजार छ सय १५ पटकको कारोबारमा दुई करोड ६४ लाख ७० हजार आठ सय ४० कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब ६८ करोड २४ लाख ८८ हजार सात सय ३९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा जलबिद्युत समूहको सूचक सात दशमलव ९२ अंकले घटेर ३५ सय ६३ दशमलव ९४ अंकमा झर्दा व्यापार समूहको सूचक पनि २२ दशमलव ४८ अंकले घटेको छ । यि बाहेक बाँकी समुहहरुको सुचक भने बढेका छन् ।
जसमध्ये वाणिज्य बैंक समूहको सूचक ४२ दशमलव ७२ अंकले बढेर १४ सय ५४ दशमलव २१ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक पनि ६२ दशमलव ६२ अंकले बढेर पाँच हजार छ सय ५३ दशमलव २७ अंकमा चढेको छ । फाइनान्स समूहको सूचक पनि १२ दशमलव ६८ अंकले बढेर २४ सय ८८ दशमलव ८० अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि २५ दशमलव ६४ अंकले बढेर १३ हजार दुई सय ७६ दशमलव ७७ अंकमा पुगेको छ ।
निर्जीवन बिमा समुहको सुचक पनि ३४ दशमलव ९७ अंकले बढेर १२ हजार पाँच सय ८४ दशमलव ४७ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः नौं दशमलव ९८, शुन्य दशमलव ४०, ३२ दशमलव ७४, ७१ दशमलव २०, शुन्य दशमलव १६ र चार दशमलव २१ अंकले बढेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माईखोला हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।








प्रतिक्रिया