एनआरएनए युकेको चुनावमा धाँधली गर्ने तयारी गरेको सिम्खडामाथि आरोप

नेपालखोज २०८२ असार २८ गते १४:०८

काठमाडौं । रएनए बद्री समूहकै केन्द्रीय उपाध्यक्ष रहेका सिम्खडा मुख्य निर्वाचन आयुक्त बने पछि बेलायतमा अनलाइनबाट गराउन लागिएको चुनाव निस्पक्ष हुनेमा धेरैले शंका व्यक्त गरेका छन् । लोकप्रिय समाजसेवी राजेन्द्र पुडासैनीलाई हराउन डमी उम्मेदवारहरु खडा गरेको आरोप पनि उनी माथि लागेको छ ।

आफ्नै संस्थामा यसरी पदाधिकारी नै मुख्य आयुक्त बनेर चुनाब गराउने अनौठो नजीर बसेको छ । एमालेको एनआरएनए भन्ने आरोप लाग्ने यो समूहमा निर्वाचन समितिमा पनि एमालेकै भ्रातृ सङ्गठनका सक्रिय पदाधिकारी छन् । रामशरणजी आफै एमालेको भ्रातृसङ्गठनका पूर्व अध्यक्ष हुनुहुन्छ र पार्टीमा सक्रिय छन् ।

आरजू र प्रचण्डवाला एनआरएनए (महेश श्रेष्ठ समूह) लाई राजनैतिक गोटी भएको आरोप लगाउने समूहले कम्तिमा देखिने गरी त्यस्तो नगरेको भए पनि हुन्थ्यो । मैले पार्टीको भ्रातृ सङ्गठन जस्तो ठानेर महेश श्रेष्ठवाला समूहको सदस्यता लिइन । सर्वोच्च अदालतले दिएको म्यान्डेट अनुसार गठन भएको र परराष्ट्रले मान्यता दिएको आधिकारिक समिति भनिए पनि मनले त्यसलाई राजनैतिक भीड़ मात्रै देखेर सदस्यता लिन मन लागेन । गैरराजनैतिक भन्ने दाबी पत्याएर बद्री केसीवाला सदस्यता लिएको छु । तर यसरी खुल्लमखुल्ला सामान्य मर्यादा र तटस्थताको धज्जी उडाइएको मन परेन ।

भोलि आफै माथिल्लो चुनाबमा उठ्ने सोच होला । आज कार्यसमितिमै छन् । उनले मतदाताको नाम फाइनल गर्ने, दाबीविरोध सदर या बदर गर्ने, गणनामा हुने विवादमा अन्तिम फैसला सुनाउने र कसैलाई उम्मेदवार हुन योग्य या अयोग्य घोषणा गर्ने जिम्मेबारी नलिएको भए बेस हुन्थ्यो होला । अन्तिम निर्णय गर्ने अधिकार उनमा नै रहने गरी निर्वाचन समिति बनेको भन्ने बुझियो ।

समाजमा सक्रिय राजनीतिमा नभएका व्यक्ति सकिएकै हुन् र ? फेरि हाम्रा अर्का उपाध्यक्ष हेमराज शर्मा आफू कांग्रेसको शुभचिन्तक भएकाले यो कमिटी एमालेको नभएको तर्क गर्छन । यसरी त महेश श्रेष्ठको समिति र यो बद्री केसीवाला समितिमा के पÞmरक रह्यो र ! एउटा कांग्रेसको, अर्को एमालेको । एउटा आरजूको, अर्को ओलीको ।

यस्तो झगडा, विवाद र राजनैतिक जालझेलमा फसेर डुब्न लागेको संस्थालाई कसरी निर्विवाद बनाउन सकिन्छ या कम विवादित बनाउन सकिन्छ भनेर सोच्नुपर्ने उनीहरूले नै हो । किन यस्तो भयो होला ?

प्रतिक्रिया