पेरुको लिमा क्षेत्रमा बस दुर्घटना : चार जनाको मृत्यु, २० भन्दा बढी घाइते

नेपालखोज २०८२ असार २८ गते १५:२८

काठमाडौं । पेरुको लिमा क्षेत्रमा शुक्रबार बिहान भएको एक अन्तर(प्रदेशीय बस दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार, उक्त दुर्घटना उत्तर लिमा क्षेत्रको पारामोङ्गा नजिकै भएको हो ।

बस काराजबाट लिमा जाँदै गर्दा पातिविल्का-ह्वारास राजमार्गको १९ किलोमिटर नजिक, ओल्ला चिका र ओल्ला ग्रान्दे क्षेत्रको बीचमा अनियन्त्रित भई पल्टिएको बताइएको छ ।

घाइतेहरूमा धेरैजसोको हातखुट्टा भाँचिएको तथा अन्य गम्भीर चोटपटक लागेको बताइएको छ । उनीहरूलाई नजिकका पातिविल्का र बारान्का अस्पतालमा उपचारका लागि लगिएको छ, जसमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रतिक्रिया