‘वामपथी एकताका लागि विद्या एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा हाे’

नेपालखोज २०८२ असार २८ गते १५:४४

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वामपथी एकताका लागि पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताएका हुन् ।

चीन भ्रमण सकेर स्वदेश फर्किएपछि शनिबार आफ्नै निवास डल्लुमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले नेपालमा सबभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै भएकाले वामपथी एकताका लागि पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताए ।

उनले एमालेको एउटा समूहले अरु सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको उनले बताए । उनले एमालेले वामपन्थी एकता गरौं भनेर चाहने हो भने ठूलो मात्राको झैं वामपन्थी एकता हुन सक्ने सम्भावना रहेको धारणा राखे ।

खनालले कम्युनिष्टलाई एकतावद्ध गर्न बामदेव गौतम आफ्नो पार्टीमा आउन लागेको भए स्वागत गर्न तयार रहेको जिकिर गरे ।

प्रतिक्रिया