पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
नेपालखोज
२०८२ असार २८ गते १७:२३

बैतडी । पहिरोले अवरुद्ध बनेको बैतडीको खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बैतडीको नाचन्थली नजिक सडकमाथिबाट पहिरो खस्दा आज बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।
सडक डिभिजन कार्यालय पाटनको डोजरको सहायताले पहिरो पन्छ्याएपछि दिउँसो ३ बजेदेख सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिए ।
उनका अनुसार पहिरो पन्छ्याएसँगै अहिले रोकिएका सबै सवारीसाधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
सम्बन्धित

प्रतिक्रिया