मञ्जुश्री फाइनान्स बुटवल शाखाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड, बुटवल शाखाको बैंकिङ्ग साझेदारीमा नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए भने २९२ जनाले विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए ।
कार्यक्रमको अध्यक्षता दया बहादुर शिलबालले गरेका थिए । कार्यक्रममा बोल्दै शाखा प्रबन्धक सुबास अर्यालले मञ्जुश्री फाइनान्स सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको भन्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी, डा. सुमन पौडेलले स्वास्थ्यप्रति सचेतना र नियमित परीक्षणको आवश्यकतामा जोड दिए ।
स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता र चिकित्सकहरूको सेवा भावनाले कार्यक्रमलाई सफल बनाएको आयोजक नेपाल नियमित रक्तदाता संघले जनाएको छ ।








प्रतिक्रिया