गुहेश्वरी मर्चेन्ट एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र एनसिएचएलबीच एनपिएस–एनसिएस तथा डमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारी तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
एनसिएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्य नेपाल पे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस–एनसिएस र नेपाल पे कार्डमा आबद्ध भइरहेका छन् । नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ग्राहकहरूका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन् ।
नपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयनपछ डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डेटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । एनसिएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पिएसओ र पिएसपी र १०० भन्दा बढी गैर–बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
एनपिएस–एनसिएस र नेपाल पे क्युआर कोडको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले देशभरी रहेका २३ वटा शाखा, ४ वटा विस्तारित काउन्टर तथा एटिएम टर्मिनल मार्फत ग्राहहरूलाई अत्याधुनिक बैंक तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी फाईनान्सले दिएको छ ।








प्रतिक्रिया