बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपालखोज
२०८२ असार २९ गते १९:१४
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने दार्चुला महाकाली नगरपालिका–४ घर भएका ६२ वर्षीय भिम प्रसाद निरौलालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन १२ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–५ ईमाडोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया