सोमबार, मंसिर २९, २०८२

एनआईसी एसिया बैंक र ई–स्टप नेपालबीच सम्झौता

नेपालखोज २०८२ असार ३० गते १८:१६

काठमाडौं । एनआइसी एसिया बैंक र इ–स्टप नेपालबीच रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार इ–स्टपले उपलब्ध गराएका रेष्टुरेन्टमा बैंकका ग्राहकले खानामा १० प्रतिशत छुट पाउने भएका छन् । त्यस्तै, चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट पाउनेछन् ।

इ–स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सकिने छ ।

ग्राहकले बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्नेछन् ।

प्रतिक्रिया