कञ्चनजंघा पदमार्गको पुल बाढीले बगायो
नेपालखोज
२०८२ असार ३० गते १९:४५

ताप्लेजुङ । कञ्चनजङ्घा पदमार्गमा पर्ने सिम्बुवा खोलाको झोलुङ्गे पुल बाढीले बगाएको छ । पदमार्ग अन्तर्गत तोरोङदिन भन्ने स्थानमा रहेको उक्त पुल बगाएको सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।
उनका अनुसार पुल यही असार २८ गते रातिको बाढीले बगाएको अनुमान गरिएको छ । पुल बगाएपछि तत्कालका लागि कञ्चनजङ्घा साउथ बेसक्याम्प जाने बाटो अवरुद्ध भएको छ ।
याम्फुदिनबाट नयाँ झोरेनी, झण्डे डाँडा, तोरोङदिन हुँदै आधारशिविर पुगिन्छ । उक्त पुल तत्कालीन जिल्ला विकास समितिअन्तर्गत रहेको दुर्गम विकास समितिद्वारा निर्माण गरिएको थियो । -रासस
सम्बन्धित

प्रतिक्रिया