अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा

नेपालखोज २०८२ असार ३० गते २२:०६

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सामानहरूमा ३० प्रतिशत भन्सार वृद्धि गर्ने चेतावनी दिँदा युरोपेली नेताहरू आश्चर्यचकित भएका छन् ।

युरोप र अमेरिकाबीच व्यापार सम्झौता नजिक भएको विश्वास भइरहँदा शनिबार यो पत्र प्राप्त भएपछि आशाहरूमा केही अवरोध आएको छ । ट्रम्पले अगस्ट १ सम्म सम्झौता नभए तीन गुणा बढी भन्सार लागू हुने बताए ।

ट्रम्पले हालै जापान, दक्षिण कोरिया लगायतका अन्य देशहरूमा पनि भन्सार वृद्धि गर्ने निर्णय गरिसकेका छन् । यद्यपि, युरोपेली सङ्घका नेता अझै पनि वार्ताको सकारात्मक नतिजामा विश्वास राखेका छन् ।

प्रमुख वार्ताकार सेफकोभिकले भने, ‘हामी अमेरिकी प्रशासनसँग संवादमा छौँ र अगस्ट १ भित्र सम्झौता गर्न सक्ने आशा राख्छौं ।’ -रासस/एएफपी

प्रतिक्रिया