सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपालखोज २०८२ असार ३१ गते ११:३०

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार पनि सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको थियाे ।

यसैबिच मंगलबार चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको हो ।

सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया