आइतबार, मंसिर २८, २०८२

प्रभु बैंक र होपफुलबिच सम्झौंता

नेपालखोज २०८२ असार ३१ गते १७:५८

काठमाडौं । प्रभु बैक लिमिटेड र होपफुल हराइजन नेपाल प्रालिबिच सम्झौंता भएको छ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले ललितपुरको झम्सिखेल, पुल्चोकमा रहेको होपफुल हराइजन नेपाल प्रालिमा मानसिक स्वास्थ्यसम्बन्धी सेवामा विशेष छुट पाउने गरी उक्त सम्झौंता भएको हो ।

सम्झौंतामा होपफुल हराइजन्को बाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्पmबाट प्रमुख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराइजन नेपाल प्रालिमा पेस गर्नुपर्नेछ ।

होपफुल हराइजन दक्ष एवं अनुभवी विशेषज्ञहरुको टोलीद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यसले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया