मञ्जुश्री फाइनान्सद्धारा छात्रवृति प्रदान

नेपालखोज २०८२ असार ३१ गते १७:३५

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले छात्रवृति प्रदान गरेको छ । फाईनान्सका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनन्त सेवा आश्रम मार्फत मूनलाईट सेकेण्डरी स्कूललाई एक लाख ८६ हजार बराबरको रकम छात्रवृत्ति प्रदान गरिएको हो ।

मन्जुश्री फाइनान्सबाट फाइनान्सका चिफ बिजनेस अफिसर गणेश खत्रीले, अनन्त सेवा आश्रमका प्रमुख कार्यकारी अधिकृत उदय राजभाट तथा मूनलाईट स्कूलको प्रध्यानाध्यापक इश्वोर गुरुंङ्गलाई सयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । फाइनान्सले सोहि विध्यालयमा अध्यनरत दुइ छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।

सामाजिक सेवामा अग्रसर मन्जुश्रीले २७वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको जानकारी दिएको छ । फाइनान्सले हालसम्म २२ अर्व निक्षेप संकलन गरी करिब १८ अर्ब २० करोड रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।

निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म हालको मिति सम्म एक लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

प्रतिक्रिया