‘कानून बनाउँदा हुने ढिलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्छ’

नेपालखोज २०८२ असार ३२ गते १२:२९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌बाट अत्यावश्यक ऐन कानून बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्ने गरेको बताएका छन् ।

संसदीय मामिला पत्रकार समाज आवद्ध पत्रकारहरूसँगको भेटमा उनले संसद्‌मा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसद्‌प्रति जनताको भरोसा जागृत गराउने उनले बताए ।

‘यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिएका तपाईंहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुनेछ भन्ने मैले अपेक्षा गरेको छु,’ उनले भने । उनले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्धति नै उत्तम व्यवस्था भएको बताए ।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद् जनताका आवाज मुखरित गर्ने र आवश्यक कानून बनाउने थलो भएको बताए ।

प्रतिक्रिया