कमसल सामान ल्याएर ब्राण्डेड बनाई बेचेको आरोपमा चिनियाँ नागरिक पक्राउ
नेपालखोज
२०८२ असार ३२ गते १३:००

काठमाडौं । चीनबाट कमसल इलेक्ट्रिक सामान ल्याएर ब्राण्डेड बनाई बेचेको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चिनियाँ नागरिक बसेको घरमा छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो ।
उक्त घरबाट प्रहरीले दुई ट्रक समान बरामद गरेको छ । २०८० देखि चिनियाँ नागरिकले त्यो घर भाडा लिएर अवैध काम गर्दै आएको प्रहरीले जनाएको छ ।
अनुसन्धान कार्यालयले मंगलबार राति घरमा छापा मारेको हो । एसपी काजिकुमार आचार्यका अनुसार अहिले राजश्व अनुसन्धान कार्यालयमा सामान बुझाउने काम भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया