जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुर्याउँदै दिगो

नेपालखोज २०८२ असार ३२ गते १४:१०

काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन यात्रामा नयाँ इतिहास बनाउँदै, दिगोले पहिलो पटक जुम्लामा ९ वटा डिएफएसके डाँफे विद्युतीय भ्यानहरू हस्तान्तरण गरेको छ । यो उपलब्धिले नेपालमा ग्रामीणदेखि शहरी क्षेत्रमा विद्युतीय सवारीलाई जोड्ने दिगो प्रतिबद्धतालाई झल्काउँछ ।

डिएफएसके डाँफेविद्युतीय भ्यानहरू जुम्लाका छोटो दुरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिनेछ, जसले यात्रुहरूलाई स्वच्छ, शान्त र किफायती यात्राको सुविधा प्रदान गर्नेछ । यसले इन्धनमा निर्भरता घटाउने र स्थानीय वायु प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

चार्जिङ सुविधा विश्वसनीय र सहज बनाउन, दिगोले गाडीसंगै ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामा जडान गर्दैछ । थप चार्जिङ स्टेशनहरू जुम्ला बसपार्क, नाग्मा बजार, र नाग्मा–गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा निर्माण गर्ने योजना गरिएको छ ।

दिगो ग्रुप अफ् कम्पनीजका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठ भन्छन्, ‘जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पु¥याउनु हाम्रो लागि गर्वको कुरा हो । यस उपलब्धिले विद्युतीय सवारीसाधनको क्षमता प्रमाणित गरेको छ र आगामी दिनमा हामीले यसरीनै देशभरि विद्युतीय सवारीसाधनको पहुचलाई विस्तार गरिरहने छौँ ।’

दिगो ग्रुप अफ् कम्पनीजले नेपालमा विद्युतीय सवारीको मात्र नभई यसको सम्पूर्ण इकोसिस्टमको विस्तार गरिरहेको छ । ’मिसन जेरो एमिसन’ को उदेश्य बोकेर हिनेको दिगोले देशभर विद्युतीय सवारी साधनको बिक्री, वितरण, सर्विस, स्पेयर पाट्र्स, लिजिङ, चार्जिङ पूर्वाधार तथा राजमार्गमा आधुनिक रेस्ट स्टप उपलब्ध गराउँदै आएको छ ।

स्वच्छ उर्जा र आधुनिक प्रबिधिको उपयोगमा समर्पित भएर, दिगोले नेपाललाई स्वच्छ, दिगो र आत्मनिर्भर भविष्य तर्फ डोर्याउन निरन्तर प्रयास गरिरहेको छ ।

प्रतिक्रिया