झन्डै एक दर्जन बैैंक तथा फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । एक दर्जन बैंक तथा फाईनान्स कम्पनीहरुलाई कारवाहीमा परेका छन् । राष्ट्र बैंकका अनुसार इजाजतपत्रप्राप्त बाँणिज्य बैंक, बिकास बैक र फाईनान्स कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई आ.व. २०८१÷८२ को तेस्रो त्रयमासमा गरिएको कारवाही हो ।
कारवाहीमा पर्नेमा बैंक तथा फाईनान्स कम्पनीहरुमा बाँणिज्य बैंकतर्फ सरकारी स्वामित्वको राष्ट्रिय बाँणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराईज बैंक, नेपाल बैंक र स्टान्र्डड चार्टड बैंक रहेका छन् । यसैगरी बिकास बैंैकतर्फ कारवाहीमा पर्ने बैंकहरुमा मुक्तिनाथ बिकास बैंक, नारायणी डेभलपेन्ट बैंक, सालपा बिकास बैंक रहेका छन् । राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीतर्फ पोखरा फाईनान्स, जानकी फाईनान्स र गोखार्ज फाईनान्स पनि कारवाहीमा परेका छन् ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई गरिएको कारवाही अन्र्तगत राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं.२÷०८० को बुँदा नं. १ (क) (२) र बुँदा नं. ९(३) र (४) बमोजिम केही कर्जाहरुलाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा नं. १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा ९ को उपबुँदा नं. (१) बमोजिम कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जोखिम भार गणना नगरेको तथा यस बैंकबाट जारी चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन) मा भएका कतिपय व्यवस्थाहरुको पूर्ण पालना गरेको नपाइएकोले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराईएको हो ।
नेपाल बैंकलाई गरिएको कारवाहीमा भने नेपाल बैंक लिमिटेड र त्यस बैंकका प्रमुख कार्यकारी अधिकृत बीच भएको सम्झौता अनुसार उक्त बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजना बिच प्रभावकारी तादात्म्यता गराउन नसकेकोे, समयमै कर्जा स्वीकृति तथा नविकरण गराउन नसकेको, उच्च ब्यवस्थापन तहमा रहेका कर्मचारीहरु बिच आपसी समन्वय गर्न/गराउन नसकेको देखिएकोले नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमाजिम सचेत गराईएको छ ।
नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका तत्कालिन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाईदा हुने क्रियाकलापमा संलग्न रही नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० को निर्देशन नं. ६÷०८० को बुँदा नं.१ को उपबुँदा नं. ५ मा उल्लेखित व्यवस्था “सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा हुने गरी कर्जाको किस्ता कायम गरेको आधारमा कारवाही गरिएको हो ।
यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई भने आर्थिक बर्ष २०८१÷८२ को दोस्रो त्रयमास २०८१ पुस मसान्त– सम्मको अवधिमा उक्त बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको आधारमा १४ करोड ८५ लाख २५ हजार पाँच सय रुपैंयाँ जरिवाना तिराईएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार मुक्तिनाथ विकास बैंकलाई गरिएको कारवाही अन्र्तगत भने सञ्चालक समिति अध्यक्ष, भरतराज ढकाल राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा संस्थाको सञ्चालक समितिको अध्यक्ष ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएको सम्बन्धमा यस बैंकबाट जारी एकीकृत निर्देशनमा भएको “सञ्चालक समितिका अध्यक्ष सञ्चालक समिति बाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप– समितिमा समावेश हुन पाउने छैन” भन्ने व्यवस्था सचेत गराईएको हो ।
नारायणी डेभलपमेण्ट बैंकको सञ्चालक समितिलाई गरिएको कारवाहीतर्फ भने संस्थालाई यस बैंकले मिति २०७७÷०४÷२१ मा समस्याग्रस्त संस्थाको सूचीबाट हटाउदा दिएको पत्रमा २ वर्षभत्र तोकिए बमोजिमको चुक्तापुँजी पु¥याउन, चुक्ता पुँजीको शतप्रतिशतमा नबढने गरी सर्वसाधारणबाट निक्षेप संकलन गर्न सक्ने सीमा कायम गर्न र प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्मको सीमा भित्र एकल ग्राहक कर्जा सीमा कायम गर्न शर्त तोकिएकोमा उक्त शर्त पुरा नगरिएकोमा कारवाही गरिएको हो ।
सालपा विकास बैंकतर्फ भने सञ्चालक समितिलाई राष्ट्र बैंकले “ख” वर्गको वित्तीय संस्थालाई तोकिएको न्यूनतम चुक्तापुँजी हालसम्म पनि कायम गरेको तथा तोकिएको न्यूनतम चुक्ता पुँजी पु¥याउने सन्दर्भमा यस बैंकबाट पटक पटक दिइएका पूर्व सुचनाको वेवास्था गरेकोमा कारवाही गरिएको हो । पोखरा फाइनान्सले भने संस्थाले २०८१ माघ १३ देखि २६ गते सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा विद्यामान व्यस्था बमोजिम ४६ हजार सात सय १८ रुपैंयाँ जरिबाना लगाइएको हो ।
जानकी फाइनान्सलाई पनि २०८१ मंसिर मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारबाहीहरु गरिएको राष्ट्र बैंकको भनाई छ । गोर्खाज फाईनान्सलाई भने गौरव बुढाथोकी, संचालक समिति अध्यक्ष युवराज राई, संचालक समिति सदस्य नरेन्द्र कुमार अग्रवाल, संचालक समिति सदस्य नीलम बोहरा, संचालक समिति सदस्य कल्पना खापुङ्ग, संचालक समिति समेतलाई कारवाही गरिएको हो ।








प्रतिक्रिया