‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहिता’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नेपालखोज २०८२ साउन १ गते ६:१५

काठमाडौं । प्रेस काउन्सिल नेपालको आयोजनामा आज यहाँ डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहिता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा काउन्सिलका बोर्ड सदस्यद्वय शन्तराम बिडारी र नकुल अर्याल, पूर्वसदस्य शुभेच्छाविन्दु तुलाधर, क्रियाशील महिला पत्रकार डब्लुडब्लुजेका अध्यक्ष रामकला खड्का र काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाललगायतले आचारसंहिताको महत्वबारे प्रकाश पारेका थिए ।

पत्रकारिता पेसालाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

उनीहरूले सूचना प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको उल्लेख गदै पत्रकार आचारसंहिता कार्यान्वयन नै ती चुनौती सामना गर्ने आधार भएको धारणा राखे । -रासस

प्रतिक्रिया