लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

नेपालखोज २०८२ साउन १ गते १३:४६

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट लागूऔषध गाँजा करिब ७ किलो ४७० ग्रामसहित सर्लाही घर भएका ५४ वर्षीय विरेन्द्र चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना.५ ख ४८२२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेकोहो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६०० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय रबिन्द्र पुडासैनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका-१५ भिषण पथबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र नाइट्रोसन २२० ट्याब्लेटसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-५ देउराली घर भएकी २१ वर्षीया ज्योती राई, २६ वर्षीया नुमा लिम्बु र २३ वर्षीया सुजना राई रहेका छन् । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रौतहटको गौर नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ८ सय ट्याब्लेट, डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र बुप्रेनोर्फिन ३ सय एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राजदेवी नगरपालिका–८ लक्ष्मीपुर बस्ने २३ वर्षीय नितेश कुमार पंडित र ३२ वर्षीय पिन्टु कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले बीआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

उदयपुरको बेलका नगरपालिका-९ बरगाछीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७६ ट्याब्लेट सहित सोही नगरपालिका-८ लेम्लेमा बस्ने २१ वर्षीया रेजिना राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया