सिटिजन्स बैंकद्वारा नारायणहिटी पथ र कमलादीमा इभी चार्जिङ स्टेशन सञ्चालनमा

नेपालखोज २०८२ साउन १ गते १६:३३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरणमैत्री अभियानलाई सशक्त बनाउने क्रममा काठमाडौं उपत्यकाको दुई प्रमुख स्थान नारायणहिटी पथ र कमलादी स्थीत आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ । गाडी चार्ज प्रा.लिसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटु सिगंल गनको क्षमता ४० किलोवाट रहेको छ ।

बैंकमा बिहिबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो चार्जिङ स्टेशनहरू शुभारम्भ गरेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वातावरणीय संरक्षणमा योगदान पुर्याउने उद्देश्यले इभी चार्जिङ स्टेशन स्थापना गर्ने रणनीति अघि सारेकोर आगामी दिनमा सातै प्रदेश स्थीत आफ्नै भवनको प्रांगणमा चार्जिङ स्टेशनहरू स्थापना गरिने कुरा समेत बताए ।

उक्त चार्जिङ स्टेशनहरू सर्वसाधारण, ग्राहक तथा इभी प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ । सिटिजन्स बैंकले आधुनिक प्रविधियुक्त चार्जिङ यन्त्रहरू जडान गरी ग्राहकलाई सहज, सुरक्षित र छरितो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। यस अभियानले नेपालको दिगो ऊर्जा प्रयोग तथा प्रदूषण न्यूनीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। वातावरण एवं पर्यावरणको संरक्षण र बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणको लागि सातै प्रदेशमा बैंकले १८०० भन्दा बढी विरुवाहरू रोपेको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख १८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया