यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

नेपालखोज २०८२ साउन २ गते ८:०९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४३, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो ४०, आलु रातो (मुडे) प्रतिकिलो ३९, आलु सेतो प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ९०, बन्दा (लोकल) प्रतिकिलो ३२, काउली स्थानीय प्रतिकिलो ६०, काउली तराई प्रतिकिलो ५०, रातो मूला प्रतिकेजी ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ४५, तने बोडी प्रतिकिलो २५ र मकै बोडी प्रतिकिलो ५५ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो २००, घिउ सिमी (लोकल) प्रतिकिलो ४५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५०, घिउ सिमी (जाजमा) प्रतिकिलो १२०, टाटे सिमी प्रतिकिलो ७०, भटमास कोसा प्रतिकिलो १२०, तीतो करेला प्रतिकिलो २०, लौका प्रतिकिलो ३०, परबर (तरा) प्रतिकिलो ३५, चिचिण्डो प्रतिकिलो ३०, घिरौला प्रतिकिलो ४५, झिगुनी प्रतिकिलो ४५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, सलगम प्रतिकिलो ८०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ८०, पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो ४५, रायोसाग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकिलो ८०, तोरीको साग प्रतिकिलो ६०, हरियो प्याज प्रतिकिलो १७०, च्याउ (कन्य) प्रतिकिलो १५०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो २५०, निगुरो प्रतिकिलो ८० निर्धारण गरिएको छ ।

प्रतिक्रिया