सिरहाको सुखिपुरबाट ७ सय १७ के.जी. गाँजा बरामद

नेपालखोज २०८२ साउन २ गते १५:०६

काठमाडौं । सिरहा जिल्लाको सुखिपुर–४ स्थित पोखरीयाबाट साउन २ गते करीव ७ सय १७ के.जी. गाँजा बरामद भएको छ । सोही ठाउँमा रहेको एक घरको विभिन्न कोठामा लुकाई छिपाई राखेको २७ वटा पोकामा प्लाष्टिक र बोरामा राखिएको अवस्थामा सो गाँजा फेला परेको हो ।

सो स्थानमा गाँजा लुकाई छिपाई भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सुखिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक अनिल कुमार यादवको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

प्रतिक्रिया